नेपालको हवाई यातायातः किन हटेन कालो सूचीबाट ?

हालै नेपालको विभिन्न सञ्चारमाध्ममा प्रकाशित समाचारअनुसार युरोपियन युनियन अन्तर्गत रहेको युरोपियन उड्डयन आयोगले आपूmसम्बद्ध देशको आकाशमाथि सन् २०१३ देखि नेपाली वायु सेवामाथि लगाउँदै आएको उड्डयन प्रतिवन्ध कायमै राखेको छ । स्मरणीय छ, यो पछिल्लो निर्णय सन् २०१७ नोभेम्बर १३–१५ सम्म बेल्जियमको राजधानी ब्रसेलसमा भएको युरोपियन युनियनको मातहतमा रहेको युरोपियन आयोग अन्तर्गत रहेको, एयर सेप्mटी कमिटिले गरेको थियो । सो निर्यणमा उल्लेख भए अनुसार नेपाल, भेनेजुएला लगायत विश्वका १ सय ७८ वटा विभिन्न हवाई कम्पनीहरु युरोपियन युनियनको प्रतिवन्ध अर्थात् कालो सूचीमा परेका छन् । यसरी युरोपियन युनियन एयर सेप्mटी कमिटिले तयार पारेको हवाई प्रतिवन्धको लिस्टलाई युरोपियन युनियनको संसदको यातायात समितिले अन्तिम सहमति दिएपछि हालै सार्वजनिक भएको हो ।

हुन पनि मुख्य कार्यलय क्यानाडाको मन्ट्रियल सहरमा रहेको र विश्वको नागरिक उड्डयन क्षेत्र (हवाई यातायात) को रेखदेख गर्दै आएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले विश्वका प्रायः सबै देशको नागरिक उड्डयन क्षेत्रको सुरक्ष सम्बन्धी काम हेर्ने गर्छ । सुरक्षाको दृष्टिले यसलाई राम्रै मान्नु पनि पर्छ । यसै क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपालको नागरिक उड्डयन क्षेत्रमा पनि हवाई सुरक्षा सम्बन्धी मनिटरिङ गर्न सर्वप्रथम सन् २००९ मा आइकाओको एक टोली नेपाल आएको थियो । उक्त टोलीले नेपालले आप्mनो हवाई यातायातको क्षेत्रमा धेरै नै सुधार गर्नुपर्ने भनी सुझावहरु दिएर गएको थियो ।

निनाम लोवात्ती कुलुङ ।

तर, दुःखको कुरो, नेपालले त्यो बेला आइकाओको उक्त सुझावलाई खासै वास्ता गरेन वा भनौं आइकाओको सुझाव अनुसार नेपालको हवाई सुरक्षामा ध्यान दिने र आइकाओको सुझावलाई कार्यन्ययन गरेन । फलतः सन् २०१३ फेरि आएको आइकाओको टोलीले नेपालको नागरिक उड्डयन क्षेत्रले आइकाओले तोके अनुसार न्युनतम मापदण्ड पूरा गर्न नसकेको, नेपाली हवार्ई सेवा र नेपालको हवाई आकाश असुरक्षित भएको भन्दै प्रतिवेदन सार्वजनिक गर्यो । लगत्तै युरोपियन युनियन अन्तर्गत रहेको युरोपियन उड्डयन आयोगले नेपाली वायु सेवाहरुमाथि कुनै पनि युरोपियन देशको आकाशमा उड्न नपाउने गरी प्रतिवन्ध लगायो । त्यसयता नत नेपाली आकाशमा युरोपियन देशको वायु सेवा कम्पनीको हवाईजहाज उडेको छ, नत नेपाली कम्पनीको हवाईजहाज युरोपियन देशको आकाशमाथि उडेको छ । तर, आपूmलाई युरोपियन देश ठान्ने टर्कीको टर्किस एयरले भने अपवादको रुपमा नेपालमा सीधा उडान भर्दै आएको छ ।

जे होस्, आइकाओको प्रतिवेदनलाई आधार मानेर युरोपियन युनियन अन्तर्गत रहेको युरोपियन हवाई उड्डयन आयोगले हालसम्म आपूmसम्बद्ध देशको आकाशमा नेपाली वायु सेवा कम्पनीहरुलाई उडान प्रतिवन्ध मात्रै लगाएको छैन, आप्mनो देश सम्बद्ध नागरिकलाई कुनै पनि नेपाली हवाई कम्पनीको हवाईजहासमेत प्रयोग नगर्न/नचढ्न हरेक वर्ष उर्दी जारी गर्ने गरेको छ । यसरी हेर्दा हालको स्थितिमा टर्कीको टर्किस एयरले मात्रै अपवादको रुपमा युरोपबाट नेपालमा सीधा उडान भर्ने एयरलाइन्स भएको छ ।

हुन त खास कारण खोतल्ने हो भने, त्यो बेला नेपालमाथि युरोपियन हवाई उड्डयन आयोगको प्रंतिवन्ध लाग्नुको कथा पनि कम रोचक छैन । सुरुमा नेपालमा आन्तरिक उडानका लागि साना हवाईजहाजहरु दूर्घटनामा परेर लगभग सकिनै आँटेको अवस्था थियो, नेपाल वायु सो निगमसँग साना जहाजहरु दूईवटा मात्रै बाँकी थिए । ती दुईमध्ये पनि कहिले एउटा बिग्रिने कहिले अर्को बिग्रिने गथ्र्यो । यसैक्रममा चीनले चारवटा साना र दुईवटा मझौला हवाईजहाज नेपाललाई दिने प्रस्ताव गर्यो । त्यसमा दुईवटा अनुदानमा र चारवटा सहुलियत ऋणमा दिने भयो, चीनले । युरोपियनहरु व्यापार गर्ने व्यापारी न परे ! उनीहरुले युरोपियन देशमा बनेका (एयर बस कम्पनीको) जहाज नेपालले किनोस् भन्ने चाहन्थे । तर, युरोपियनहरु दुईवटा हवाईजहाज त के एउटा हवाईजहाज पनि नेपाललाई सित्तैमा नदिने ! फेरि हामी नेपालीलाई सित्तैमा भनेपछि अलकत्रा नै भए पनि छोड्न मन नलग्ने !! नभन्दै चीनबाट ल्याएको जहाजले कमाईभन्दा खर्च बढी गराएको भन्ने समाचार पटकपटक नआएको होइन ।

यसरी युरोपियन युनियन सम्बद्ध हवाई उड्डयन आयोगले नेपाली आकाशमाथि आपूmसम्बद्ध देशको हवाई कम्पनीहरुमाथि र नेपाली हवाई सेवा कम्पनीहरु माथि आपूmसम्बद्ध आकाशमाथि प्रतिवन्ध लगाएदेखि नै नेपाल सरकारले प्रतिवन्धबाट हटाउन÷हट्न पटकपटक पहल गर्दै आएको छ । यस क्रममा नेपाल सरकारको तालुकवाला मन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मले, तालुकवाला मन्त्रालयका सचिवदेखि अन्य निकायका अधिकारीसम्मले आईकाओ र युरोपियन हवाई उड्डयन आयोगसँग धेरै पटक आग्रह गरेका थिए भने केही महिनाअघि नेपालस्थित युरोपियन युनियनका प्रमुखलाई भेटेरै नेपाल सरकार, पर्यटन मन्त्रालयका सचिवले नेपाली वायु सेवा कम्पनीहरुमाथि युरोपियन आकाशमाथि लागेको उडान प्रतिवन्ध अर्थात् ‘कालो सूची’बाट हटाउन हार्दिक अनुरोध गरेका थिए । तापनि गत जेठको सुरुतिरै पनि युरोपियन हवाई उड्डयन आयोगले नेपालका १८ वटा हवाई कम्पनीहरुमाथि लागेको प्रतिवन्ध नहटेको सूचना जारी गरेको थियो । स्मरणीय छ, त्यो बेला नेपालसँगै जिम्बाबे, नाइजेरिया, ग्रेनाडा, सेनट भिसेन्ट, युक्रेन लगायत देशका १ सय ८१ वटा हवाई कम्पनीहरुमाथि प्रतिवन्ध कायमै रहेको युरोपियन आयोगले खुलासा गरेको थियो ।

यसै सेरोफेरोमा गत असारको दोस्रो हप्ता आईकाओका दुई वरिष्ठ सदस्यहरु नेपालको नागरिक उड्डयन क्षेत्रको पछिल्लो अवस्थाबारे विस्तृतमा अध्ययन गर्न आएका थिए । उनीहरुले नेपालको नागरिक उड्डयनको सुरक्षा स्थितिबारे अध्ययन गरेर विस्तृत प्रतिवेदन आप्mनो मुख्यालयलाई दिएका थिए ।

उक्त अध्ययन टोलीले आइकाओले तोकेको ८ वटा मापदण्डमा आधारित रहेर अध्ययन गरेका थिए । सो अनुसार नेपालले ३ वटा आधारमा धेरै राम्रो प्रगति गरेको थियोे । जस्तै, विमानस्थल सम्बन्धमा ल्याउनुपर्ने अंक ५७.६ रहेकोमा ६९.५७, उडान योग्यता सम्बल्धमा ल्याउनुपर्ने अंक ७३.५ रहेकोमा ७७.२७ र कानुनी अवस्थाको सम्बन्धमा ल्उानुपर्ने अंक ६५.७ रहेकोमा ६९.५७ ल्याएको थियो भने एयर नेभिगेसन सम्बन्धमा ल्याउनुपर्ने अंक ५६.९ रहेकोमा ५५.९६, पर्सनल लाइसेन्सिङ/तालिम सम्बन्धमा ल्याउुपर्ने अंक ७३.३ रहेकोमा ६९.०५, सञ्चालन सम्बन्धमा ल्याउनुपर्ने अंक ६५.४ रहेकोमा ५४.७, संगठन सम्बन्धमा ल्याउनुपर्ने अंक ६३.८ रहेकोमा ४५.४५ र, दुर्घघटना जाँच सम्बन्धमा ल्उायनुपर्ने अंक ५४.५ रहेकोमा २०.४ अंक ल्याएको थियो । नेपालको नागरिक उड्डयन क्षेत्रमा सर्वस्वीकार्य पक्ष भनेको दुर्घटनापछि गरिनुपर्ने उद्धार कार्य, खोज तथा अनुसन्धान लगायत नै देखिन्छ । त्यस्तै नेपालको नागरिक उड्डयन क्षेत्रमा संगठनको प्रारुप र सञ्चालन विधि आदिमा पनि अझ धेरै सुधार गर्नुपर्ने देखिन्छ ।

पछिललोपटक नेपाल आएका आइकाओका प्रतिनिधिले मुख्यतया ४ वटा क्षेत्रमा आप्mनो अध्ययनलाई केन्द्रित गरेको थियो । त्यसमा उडान योग्यता, कानुनी अवस्था, संगठन र सञ्चालन थिए । युरोपियन हवाई उड्डयन आयोगले पनि आइकाओको प्रतिवेदनलाई नै मुख्य आधार मान्ने हुँदा आइकाओको गम्भीर सुरक्षा चासो (एसएससी) बाट हटेमा युरोपियन युनियनसम्ँबद्ध हवाई सुरक्षा सम्बन्धी आयोगले नेपालमाथिको प्रतिवन्धत्र हटाउला भन्ने आशा जीवितै रहेको थियो । तर, युरोपियन हवाई आयोगको हालैको निर्णयले सो आशा कम्तीमा १ वर्षका लागि मरेको/टरेको छ ।

अहिलेसम्म नेपाल आउन चाहने सम्पूर्ण युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया, अफ्रिका लगायत देशका पर्यटक कम्तिमा दुई/तीन ठाऊँमा ट्रान्जिट भएर नेपाल आइपुग्छन् । यसले गर्दा ती देशका पर्यटकहरुका लागि नेपाल अत्यधिक महँगो गन्तव्य हुने गरेको छ । अत्यधिक महँगो गन्तव्य बनेको छ । उनीहरु नेपाल आउने सीधा हवाई यातायात नभएकैले र हवाई यातायातमा हुने खर्चकै कारण नेपाल आएर २/३ वटा ट्रेकिङ क्षेत्र घुम्न पुग्ने रकम हवाई टिकटमै खर्च गर्नुपर्ने अवस्था छ । सुरुमा युरोपियन युनियनको हवाईजहाज राजनीति ! बुझेरै होला, नेपालको निजी क्षेत्रद्धारा सञ्चालित हिमालय एयरलाइन्सले युरोपियन कम्पनीको एयरबस नै किनेको छ भने नेपाल वायुसेवा निगमले पनि आपूmले किन्ने नयाँ २ वटा जहाज एयरबसकै किन्न लागेको छ । त्यस्तै एउटा भएको पूरानो बोइङ कम्पनी हवाई जहाज पनि नेवानीले निजी क्षेत्रको एक कम्पनीलाई लिलाम बढाबढमा बेच्न लागेको छ । तर, हालै युरोपियन युनियनको मातहतमा रहेको युरोपियन आयोग अन्तर्गत रहेको, एयर सेप्mटी कमिटिले नेपालमाथिको कालो सूची कायमै रहेको निर्यणले नेपाल वायु सेवा निगम (नेवानी), हिमालय एयरलाइन्स, बुद्ध एयर, श्री एयर लगायत नेपाली हवाई कम्पनीहरुलाई धक्का लागेको छ । अझ खासगरी नेवानीले दुईवटा एयरबस ल्याएपछि युरोपमा पनि उडान सुरु गर्ने योजना बनाउँदै छ/थियो ।

हुन पनि मान्छेको ज्यानसँग सम्बन्धित सुरक्षाजस्तो मामिलामा हामीले हचुवाकै भरमा सन्तुष्ट बन भन्न मिल्दैन । निचिश्त मापदण्डलाई मान्नैपर्छ । तर, नेपालको हवाई यातायातको सन्दर्भमा युरोपियन युनियनको मातहतमा रहेको ‘युरोपियन उड्डयन आयोग’ले आईकाओको प्रतिवेदनलाई आधार मानेर भन्दा पनि नेवानीले केही वर्षअघिदेखि सहुलियत दरको ऋण, त्यो पनि किस्ता र अनुदान गरेर चीन सरकारको सहयोगमा ६ वटा (२ वटा मझौला ५८ सिटे र ४ वटा १९ सिटे) विमान आन्तरिक उडानका लागि ल्याउनु नै युरोपियन उड्डयन आयोगले सन् २०१३ देखि नै नेपाललाई कालो सूचीमा राखेको हो भन्न सकिने आधार जीवितै रहेको छ ।

नत्र भने पछिल्लोपटक नेपाल आएको आइकाओको टोलीले नेपालको समग्र नागरिक उड्डयन क्षेत्रको अध्ययन गरेर, नेपालको समग्र नागरिक उड्डयन क्षेत्रको सही सूचना समावेश गरेर आप्mनो मुख्यालयमा बुझाएको प्रतिवेदनकै आधारमा आइकाओले विगत ४ वर्षदेखि नेपाली वायु सेवामाथि लगाउँदै आएको गम्भीर सुरक्षा चासो (एसएससी) बाट हटाउँदा पनि युरोपियन हवाई उड्डययन आयोगले भने किन हटाउने जाँगर देखाएन ? प्रश्न गम्भीर छ ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार