संखुवासभाका टंक प्रसाद राई प्रदेश उपसभापतिमा विजयी



खाँदबारी । पुर्व सांसद टंक प्रसाद राई नेपाली कांग्रेस प्रदेश १ उपसभापतिमा निर्वाचित भएका छन् । राई ८४७ मत ल्याउँदै प्रदेश उपसभापति पदमा विजयी बनेका हुन् ।

उपसभापतिको दुई कोटामा ४ जनाको उमेद्वारी परेको थियो । राईसँगै अर्को कोटामा रमेश जंग रायमाझी निर्वाचित भएका छन् । रायमाझीले ८९० मत प्राप्त गरेका छन् । रायमाझी र राईले गोविन्द प्रसाद ढुङ्गाना र विश्वनाथ रिजाललाई पराजित गरेका हुन् ।

सम्बन्धित समाचार