एमालेको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका चार दर्जन बढी आकांक्षी



चितवन । मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि शुक्रबार चितवनमा दशौं राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । नारायणी नदी छेउमा आयोजना हुने उद्घाटन सत्रमा सहभागी हुन एमालेका नेता तथा कार्यकर्ता चितवन पुगिसकेका छन् ।

महाधिवेशनको सरगर्मी बढेसँगै पदाधिकारी तथा केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले महाधिवेशन प्रतिनिधिसँग भेटघाट र छलफललाई तीव्र बनाएका छन् । खासगरी पदाधिकारीमा सर्वसम्मतको प्रयास भए पनि केन्द्रीय सदस्य भने मतदान प्रक्रियाबाट चयन हुने सम्भावनालाई ध्यानमा राखेर आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन चितवनमा सक्रिय छन् ।

सुदूरपश्चिम प्रदेशबाट पनि एमालेको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरु यतिबेला प्रतिनिधिहरुलाई भेटेर आफ्ना लागि मत माग्न थालेका छन् । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र नेकपा माओवादी केन्द्रबाट समाहित भएर आएका समेत गरेर १७ जना केन्द्रीय सदस्य छन् ।

तर दशौं राष्ट्रिय महाधिवेशनमा भने सुदूरपश्चिम प्रदेशले खुल्लातर्फ चार जना, महिलातर्फ दुई जना र पिछडिएको क्षेत्र ९अछाम, बझाङ र बाजुरा० बाट एक जना केन्द्रीय सदस्य पाउनेछ ।

सम्बन्धित समाचार