सुन र चाँदीको मूल्य सामान्य गिरावट



काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँ घटेको छ।

बिहीबार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको छ।

यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ९०० तोकिएको छ। बिहीबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार २७५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ।

सम्बन्धित समाचार