धनकुटाको लेगुवामा आगलागी : दुई घर सहित १२ वटा मोटर साईकल जलेर नष्ट



धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा गए राती आगलागी हुँदा दुई घर सहित १२ वटा मोटर साईकल जलेर नष्ट भएको छ ।

कुल बहादुर तामाङको घरमा बाल कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको मोटर साईकल ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीका कारण महेश कुमार राईको ढुङ्गा, माटो र टिनले बनेको तीन तले घर,४ वटा खसी,५० वटा कुखुरा जलेर नष्ट भएको छ भने कुल बहादुर तामाङको ढुङ्गा,माटोले बनेको दुई तले घर पनि जलेको छ ।

आगलागीमा परि ग्यारेजमा रहेको १२ वटा मोटरसाइकल पनि जलेर नष्ट भएको छ । क्षतिको यकिन विवरण आउन केही समय लाग्ने जनाईएको छ । राती दुई बजेबाट शूरु भएको आगलागी नेपाल प्रहरी र स्थानियवासीको सक्रियतामा विहान ५ बजे तिर नियन्त्रणमा आएक थियो ।

सम्बन्धित समाचार