के मागेको छ मत्स्यपोखरीले ?



दुनियाँमा माछा र पानी नभएका ठाउँमा मछेन्द्रनाथको मन्दिर छ । मछेन्द्रनाथको रथयात्रा गराइन्छ । प्राकृतिक माछा भएको मछेपोखरीमा भगवान्को प्रथम अवतार मत्श्यावतार रहेको छ । यहाँ मछेन्द्रनाथको मन्दिर र मछेन्द्रनाथको रथयात्रा गराउने हो भने धनकुटा,भोजपुर र तेह्रथुमदेखिका यात्रीहरुको ओइरो लाग्न सक्छ । प्रचार प्रसार गर्न सके चलचित्र निर्माताहरु पितृ स्वर्ग पुगेको दृश्य छयाङ्कन गर्न यहाँ आउँछन् ।

दुनियाँका मैहुँ भन्ने राष्ट्रका नागरिकहरुको लाम थामिनसक्नु हुन्छ । चिचिलाको मात्र होइन ,नेपालकै एउटा पर्यटन गन्तब्यको रुपमा बिकशित भई यो ठाउँ साँग्रिला बन्छ । स्थानीय स्तरमा रोजगारी र ब्यापार बृद्धि भई राष्ट्रिय आय बढ्दछ । मत्श्यपोखरी नेपालको पर्यटन मन्त्रालयको राष्ट्रिय गौरवको आयोजना भित्र पर्नु आवश्यक छ । साँस्कृति र धार्मिक महत्वका हिसाबले पनि यसको महत्व छ । मानिसहरु यहाँ बर्षेनी जनै पूर्णिमामा जनै धारण गर्न आउँछन् ।

काित्तक मङ्सिर महिनामा पर्ने तिहार पर्वपछिको पूर्णिमाका रात यहाँ परम्परागत मेला लाग्छ । मछेबजार भनेर सयौँबर्ष अघिदेखि लाग्न शुरु भएको यो मेला शेर्पाको स्यप्रु, तामाङको सेलो, लिम्बुको धाननाच, आर्यनको भजनकीर्तन, याम्फूको च्याब्रुम्,मारुनी जस्ता साँस्कृति नाचको मौलिक र जीवन्त प्रस्तुतिको रङ्गन्च पनि हो । मत्श्यपोखरी बौद्ध, किराँत र हिन्दू धर्माबलम्बीहरुको समान आस्था,विश्वास र सम्मानको धरोहर हो भने मछे मेला बहुल जातीय सँस्कृतिको गौरवमय विरासत हो ।

कहाँ छ मत्स्यपोखरी :

चिचिलाबाट वानटेन ट्याक्सीमा चढेर तीन घुम्ती पार गर्दै दम्स्याइलो ओरालो झरेर हल्का करिमकरिम तेर्सो गएपछि ३० मिनेटमा पोखरीको किनारमा गाडी पुग्छ। हरियो दुबोले ढाकिएको मैदानमा ओर्ले पछि मैदानको किनारमा मत्श्यपोखरी छ ।

पोखरीको पश्चिमपट्टी पर्ने असाध्य सुन्दर दुबोले ढाकेको हरियो मैदानमा फुटबल पनि खेल्छन् । पश्चिम पट्टि ढुङेन ढाँण छ तर बिभिन्न प्रजातिका रुखपातले ढुङ्गाहरुलाई नदेखिने गरी छोपेको छ । पूर्वोत्तर पटि जालपा देवीको मन्दिर छ । दक्षिणपूर्वमा बढेमानका पत्थर कुँदेर बसाहा ,शिवलिङ्ग ,महादेवका आकृतिहरु कुँदिएको छ । पश्चिमपििछ बिशाल प्रस्तरमा बुद्धको प्रतिमा खोपिँदै छ । पोखरीको डिलमा महादेवको मन्दिर छ ।

दक्षिणपट्टि पोखरीको निकासबाट निसृत कन्चन र निर्मल पानीको केही अंश उपयोग गरेर पन्चधारा बनाइएको छ । पोखरीको वरिपरि अत्यन्ता राम्रो वाल छ र रेलिङले बारेको छ । रेलिङको वरिपरि विभिन्न प्रजातिका फूलहरु रोपिएका छन् । पोखरीको पश्चिम पट्टि मैदानको एकस्टेप मुनि पाटी र लामो फलैँचा पनि छ । यहाँबाट दृश्यावलोकन र छयाङ्कन राम्रोसँग गर्न सकिन्छ । चलचित्र छयाङ्कन गर्न जाने हो भने यो पर्यावरणलाई स्वर्गको दृश्य भन्न पनि सकिन्छ ।

मत्स्यपोखरी ओरिपरि गुरुङ जातिकोमात्र बसोबास छ ।अधिकांश लेगइ गुरुङ,घ्याब्रे गुरुङ ,कोके ,धिमल,पेलेथरका गुरुङको बसोबास छ । घ्याब्रे गुरुङहरुको किरिया कर्ममा लामाले एकपाटे ढ्याङ्ग्रो ठोक्ने र खरानी बुकाउने अनौठो सँस्कृति छ । पोखरी वरिपरि गुरुङहरुको ७१ घर छन् ।१ घर दर्जीको,एक घर विश्कर्माको र एक घर निरौला ब्रम्हणको पनि छ । दुईचार पसलहरु छन् ।

लेगइ गुरुङहरु यहाँका जिम्मावाल थिए । लृगइ गुरुङहरुको पुर्खा चन्द्रबहादुर लेगइ सर्बप्रथम दैवी शक्ति प्राप्त पुजारी थिए । उनले नै सर्बप्रथम मछैपोखीका देवी देवताहरु पत लगाएका र स्थापित गरेका हुन् । उनी ९४ बर्षमा स्वगैबासी भएपछि अरु कुनै पूजारीहरु उत्पत्ति भएका छैनन् । उनका अनुसार देवदूतका रुपमा यहाँ माछाहरु आएका हुन् ,आजसम्म यही मान्यता रहेको छ । उनका अनुसार तीर्थयात्री एवम् पर्यटकहरुले यहाँको पोखरीमा सेतो माछा देखे शुभ हुन्छ भनने मान्यता पनि छ ।

पहिले पूरै सेतो रङको माछा देख्न पाइनथ्यो तर अझै पनि सेतो शरीर, सेतो पुच्छर,सेतो जीउ आँशिक सेतो भएको देख्न पाइन्छ ।

कस्तो छ मत्स्यपोखरी ?

पोखरीको पानीले लगभग ६ रोपनी क्षेत्रफल ढाकेको छ । वल्ला छेउमा ३० मिटर चौडाइ छ,पल्ला छेउमा १०मिटर छ । ३० मिटर चौडाइ भएको भागको लम्बाई ३० मिटर र क्रमशः घट्दै गएको लम्बाइ ५० मिटर गरी ८० मिटर लम्बाइ छ । गहिराइ चाहिँ वल्ला छेउमा साढे चार फिट बिचमा ७ देखि दश फिट र पल्ला छेउतिर पौडिन नसक्ने मान्छे जान सक्दैन । जलाशय बाहेकको भाग बोजोले ढाकेको थियो । २०४४ साल कुसे औसीका दिनदेखि यो पोखरीमा सफाइ अभियान शुरु गरिएको हो ।पानी नीलो ,कन्चन र शीतल छ । सफा यति छ कि माछाहरु नाचेको बाहिरबाट छर्लङ्ग देखिन्छ । सभाखोलामा पाइने असला माछाको बीउ यहीाबाट उत्पत्ति भएको भनिन्छ ।

राता,पहेँला,छिरबिरे र कल्सौदा हल्का कालो रङका माछाहरु पाइन्छ । भुरा देखि निकै ठूला माछा पनि छन् । वजनबाट भन्दा डेढ किलो सम्मका माछा पनि देखिन्छन् ।सबै आकारमा माछा छन् । हजारभन्दा बढी नै सङ्ख्यामा होलान् । भुजा चामल आदि लगेर पोखरीमा हालेपछि सारा माछाहरु बिटो परेर आउँछन् । डल्फिनजस्तो पानीको सतहमाथि पनि पो नाच्दै चारो लिन्छन् । माछाहरु भाग्दैनन् । मार्न पनि पाइन्न । मा¥यो भने असिना,पानी, बाढी ,पहिरो, महामारी हुन्छ पनि भन्छन् ।

२०४७को चुनावमा एउटा स्थापित राजनीतिक दलका कार्यकर्ताले माछा मारेर सुकाएको आधाघन्टामा असिना पानी परेर मकै सोत्तर पारेको र यहीघटनालाई गीत बनाएर प्रचार प्रसार गरी उक्त दललाई अर्को दलले चुनाव हराएको त पङ्तिकारले प्रत्यक्ष देखेको हो । यसै गरी २०६२ तिर एकजना क्रान्तिकारी भौतिकबादी जनयोद्धाले माछा मारेरे हिँड्पछि आधाघन्टामा नै झोलामा बोकको ग्रिनेड अचानक पड्केर सुनार गाउँमा मृत्युभएको घटना अझै कसैले भुलेको छैन ।

पोखरीको निकास झण्डै ३०० मीटर झरेपछि सिँहदेवी देवीथान आउने देवीथानमुनि चाहिँ माछा मार्न पाइन्छ । यहाँका माछा मछेखोला, ओरङखोला,लङखुवा खोला,हुँदै सभाखोला पुग्छन् । अरुण ,सप्तकोशी ,गङ्गा नदी हुदैँ समुद्र्र पुग्दा हुन् र समुद्रबाट पनि खेल्दै यहा आउँदा हुन् । यो चक्र चल्दैन भन्न सकिन्न ।सबै माछा असला हुन् । करिब ४०० जति माछा पोखरीभित्र खेल्छन् ।हुरुरुको कप्दाने पोखरीबाट भूमिगत मार्ग हुँदै मत्श्यपोखरीमा आएको निकासले मत्श्यपोखरी बनेको हो भनिन्छ ।

 

सम्बन्धित समाचार