राप्रपा संखुवासभाका जिल्ला कार्यसमितिका सबै काँग्रेसमा प्रवेश



संखुवासभा । राप्रपा संखुवासभाका जिल्ला अध्यक्ष कमलमणि कटुवाल सहित जिल्ला कार्यसमिति सबै नेपाली काँग्रेस प्रवेश गरेका छन् । बिहिबार सदरमुकाम खाँदबारीमा आयोजित बृहत् सभा कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको हातबाट टीका र सदस्यता लिदै काँग्रेस प्रवेश गरेका हुन् ।

महामन्त्री डा.कोइरालाले बिहिबार विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा ४० जना भन्दा बढिलाई पार्टी प्रवेश गराएको काँग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । महामन्त्री डा. कोइराला संखुवासभाका पार्टी कार्यकर्तासंग भेटघाट गर्न संखुवासभा आएका हुन् । पछिल्लो समय काँग्रेस प्रवेश गर्नेहरूको लहर नै चलेको छ । विपी सुपुत्र डा. कोइराला बुधबार हवाई जहाज मार्फत संखुवासभा आएका हुन् ।

उनी शुक्रबार काठमाडौं फर्कने बताइएको छ । डा. कोइरालाले बिहिबार संखुवासभाको प्रसिद्व शक्तिपिठ चैनपुरको सिद्वकाली, तुम्लिङटारको मनकामनाधामको दर्शन गरेका थिए ।

सम्बन्धित समाचार