बनभोज स्थल पुग्ने सडक खन्दै गर्दा पल्टियो जेसिबी, चालकको मृत्यु



दाङमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।आज बिहान बाटो बनाउने क्रममा जेसिबी पल्टिएर दुर्घटना भएको थियो।

घोराही उपमहानगरपालिका १० नारायणपुरका २२ वर्षीय चालक सुनिल सुनारको मृत्यु भएको हो।प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार आज बिहान करिब ४ः३० बजे जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।

बंगलाचुली गाउँपालिकाले निर्माण गर्न लागेको सडक खन्ने क्रममा ना १ क ९१४ नम्बरको जेसिबी सडकदेखि झन्डै दुई सय मिटर तल खसेको थियो। गाउँपालिकाले आज बनभोज कार्यक्रम गरेको थियो। बनभोजका लागि आउने मानिसहरू बनभोजस्थलसम्म पुर्‍याउन भन्दै आज बिहानै सडक खन्न थालिएको थियो।

गाउँपालिकाले आज पत्रकारलाई पनि बोलाएर बार्षिक समीक्षा कार्यक्रमसमेत राखेको थियो। उक्त कार्यक्रम स्थगित भएको गाउँपालिकाले जनाएको छ।

 

सम्बन्धित समाचार