गाडीको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो



मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ हनुमानगेट नजिक गाडीको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । ना ३ च ११९३ नम्बरको भ्यानले ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

ज्यान जानेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर–४ कालिकाटारका २४ वर्षीय अविरल रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । दुर्घटनामा घाइते भएका रिजाललाई हेटौंडा अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार