खाँदबारी नगरपालिकाद्धारा एकादशीको अवसरमा २ दिन स्थानीय सार्वजनिक विदा



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाद्धारा दुई दिन स्थानीय सार्वजनिक विदाको घोषणा गरेको छ । हरिबोधनी एकादशीको अवसरमा नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुलाई विदा दिइएको हो । आइतबार नगर कार्यपालिकाको बैठकले आइतबार र सोमबार (२८ र २९ गते) विदा दिने निर्णय गरेको हो ।

हरिबोधनी एकादशीको अघिल्लो रात खाँदबारीकै तुम्लिङटार स्थित मनकामना परिसरमा रातभर मेला लाग्ने र बिहान मनकामनाको पुजाआजा र दर्शनका लागि भत्तजनहरुको भिड लाग्ने गरेको छ ।

सम्बन्धित समाचार