रोल्पामा जीप दुर्घटना स् तीन जनाको ज्यान गयो, तीन जना घाइते



रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँका लागि छुटेको रा १ ज ३८२ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जना पुरुष र एक जना महिलाको ज्यान गएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

जीप दुर्घटनामा माडी–६ हान्निङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन र ४७ वर्षीया चौसरा विकको ज्यान गएको छ । तीन जनाकै घटनास्थलमै ज्यान गएको डीएसपी सुवेदीले बताउनु भयो ।

दुर्घटनामा माडी–६ हान्निङका २१ वर्षीया दीना घर्ती, १८ वर्षीय पुन र २१ वर्षीया कल्पना विक घाइते भएका छन् । घाइते भएका तीन जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइँदै गरिएको प्रहरीले बताएको छ।

 

सम्बन्धित समाचार