राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्दैछ।

वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

जिल्ला तहको अधिवेशनमा भक्तपुरमा भने विवाद भएका कारण नेतृत्व चयन हुन सकेको छैन। राप्रपाको सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव भने मंसिर ३, ४ र ५ गते हुनेछ। राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ।

सम्बन्धित समाचार