नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान



काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी २० सिरिज खेल्न कतार प्रस्थान गरेको छ ।

नेपालले कतारसँग तीन खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ । एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।

नेपालले यसअघि बंगलादेशमा गएर एक साता तयारी गरेको थियो । बंगलादेशमा नेपालले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) खेलेको तीन टि २० अभ्यास सिरिज २/१ ले जितेको थियो ।

मंसिर ६ देखि १२ ९नोभेम्बर २२ देखि २८० सम्म यूएईमा हुने टी २० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी २० विश्वकपको रोडम्यापको रुपमा रहेको छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछ ।

छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई सहभागी छन् । विजेता ग्लोबल छनोटमा पुग्नेछ ।

सम्बन्धित समाचार