एमाले संखुवासभाले छनौट गरेका १३ जना महाधिवेशन प्रतिनिधि यी हुन्



संखुवासभा । नेकपा एमाले संखुवासभाले आगामी दशौं राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । शनिवार बसेको जिल्ला कमिटि बैठकले १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको एमाले संखुवासभा अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिए ।

संखुवासभाबाट जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, तुलसी न्यौपाने, मुरारी खतिवडा, वीरेन्द्र केसी, भविश्वर गुरूङ, विदुर लिङ्थेप, भीम लिंखा र विपिन तामाङ खुल्ला तर्फबाट सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी महिला तर्फ सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल छन् भने दलित तर्फ खड्गबहादुर विश्वकर्मा चयन भएको एमाले संखुवासभाले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिमा धेरै आकंक्षिहरु भएका भएपनि लामो छलफल पछि सहमतिका आधारमा प्रतिनिधि छनौट गरिएको जिल्ला अध्यक्ष घिमिरेले बताए ।

सम्बन्धित समाचार