भोजपुर एमालेले छान्यो नौ जना महाधिवेशन प्रतिनिधि



भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुरले दशौं महाधिवेशनको लागि प्रतिनिधि छानेको छ । एमालेले यहाँबाट नौ जनालाई महाधिवेशनको प्रतिनिधिको रुपमा छनौट गरेको हो ।
एमालेका केन्द्रीय सदस्य, प्रदेश १ सह इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई र केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज हरिबहादुर राईको उपस्थितिमा सर्वसम्मत रुपमा प्रतिनिधिको छनौट गरिएको एमालेका जिल्ला सचिव मक्कर खड्काले जानकारी दिए ।

चितवनमा हुने महाधिवेशनका लागि प्रेम कुमार राई, किरण राई, मक्कर खड्का, शरण कुमार राई, सुरेन्द्र उदास, खड्ग बहादुर कार्की ९प्रेम०, सृजना राई, कविता राई र सजना परियारलाई प्रतिनिधिको रुपमा छनौट गरिएको सचिव खड्काले बताए ।

सम्बन्धित समाचार