पेस्तोल र खुकुरीसहित एक युवक पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा पेस्तोल र खुकुरीसहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँबा बस्नेत ३३ वर्षीय कमल लिम्बू पक्राउ परेका हुन् ।

मेरिङ्देन गाउँपालिका–६ नाल्बु खोजुङ्वाका एक युवकलाई लिम्बूले कन्चटमा पेस्तोल प्रहार गर्ने कोसिस गरेका थिए । ती युवकलाई पेस्तोल प्रहार गर्न खोजी फरार रहेका लिम्बूलाई दुई थान गोली र पेस्तोल तथा एकथान खुकुरीसहित शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नाल्बुबाट पक्राउ परेका लिम्बूलाई ज्यान मार्ने उद्योग र हातहतियार खरखजना शीर्षकमा मुद्दा दर्ता गरेर शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार