सुन चाँदीकै भाउ बढ्यो



काठमाण्डौ । आज सुन चाँदीकै भाउ बढेको छ ।

आज सुन तोलामा चार सय रुपैयाँले बढेर ९४ हजार ४ सय रुपैयाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ ।

हिजो सुन तोलामा ९४ हजारमा किनबेच भएको थियो भने चाँदी तोलामा १२ सय ७० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार