नेकपा एमाले षडानन्द नगरकमिटीको अध्यक्षमा सुजन राई



भोजपुर । नेकपा एमाले षडानन्द नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सुजन राई अध्यक्षमा निर्वाचित भएका छन् । राईको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएको हो ।

अधिवेशनबाट कमिटीको उपाध्यक्षमा विदुर चन्द्र राई, सचिवमा दिपेश विष्ट, उपसचिवहरुमा सन्तोष बस्नेत र लेख बहादुर थापा सर्वसहमत निर्वाचित भएको अध्यक्ष सुजन राईले जानकारी दिए । अधिवेशन विहिवार नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं १ नं प्रदेश कमिटी सह–ईन्चार्ज एवं पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा दिङलामा सम्पन्न भएको हो ।

योसँगै एमालेको जिल्लाका नौ ओटै स्थानीय तहको अधिबेशन सम्पन्न भएको छ ।

सम्बन्धित समाचार