चिचिलाले डेढसय बढी जग्गादातालाई सम्मान गर्ने



संखुवासभा । चिचिला गाउँपालिकाले पालिका भित्रका जग्गादातालाई सम्मान गर्ने भएको छ । आगामी मंसिर ३ गते चिचिलामा हुन लागिरहेको सांस्कृतिक तथा साहित्यक महोत्सवमा जग्गादातालाई सम्मान गर्न लागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले बताए । चिचिला गाउँपालिका भित्र सार्वजनिक प्रयोजनका लागि प्रदान गरिएका जग्गाका जग्गादाताहरुलाई सम्मान गरिने भएको हो ।

चिचिलामा विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकी, वडा कार्यालय, गाउँपालिका कार्यालय लगायतका संरचना निर्माणका लागि करिब १ सय ५० बढीले निशुल्क जग्गा प्रदान गरेका छन् ।

 

 

सम्बन्धित समाचार