दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति क्लर्कको ८५ वर्षको उमेरमा निधन



काठमाण्डौ । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन आज बिहीवार निधन भएको छ । दक्षिण अफ्रिकाका अन्तिम श्वेत राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गर्नुभएको थियो ।

उहाँको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको आज बिहान फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो ।

पूर्वराष्ट्रपति क्लर्ककी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिनाहरू छन् ।

सम्बन्धित समाचार