एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो



काठमाडौं । नेकपा (एमाले)को पार्टी सदस्यता संख्या करिब आठ लाख पुगेको छ। दशौं राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन्। एमालेको नवौं महाधिवेशनमा पाँच लाख ९१ हजार संगठित सदस्य थिए। दशौं महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार संगठित सदस्य थप गरेको छ।

एमालेको दशौं महाधिवेशन यही मंसिर १० देखि १२ गते चितवनमा हुँदैछ। महाधिवेशनमा २०७७ चैतमसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन हुन पाउनेछन्। एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दैछ। महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन्।

सम्बन्धित समाचार