प्रधानमन्त्री देउवाले आफूनिकट नेतालाई छलफलमा बोलाए



काठमाडौं । १४ औं महाधिवेशन नजिकिएसँगै नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट नेताहरुसँगको छलफल बढाएका छन् ।

उनले बिहीबार दिउँसो आफू निकटका कांग्रेसका पदाधिकारीलाई छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् । कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतका अनुसार महाधिवेशनको तयारीबारेमा छलफल गर्न अनौपचारिक बैठक बस्न लागेको हो ।

बैठकमा देउवाले उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री महतलगायतका नेतालाई बोलाएका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

सम्बन्धित समाचार