सभाखोलाले बगाएका ऋतिक अझै विपत्ता



संखुवासभा । सभापोखरी गाउँपालिका ६ बाह्रविसे स्थित सभाखोलाले बगाएका दुई मध्ये ऋतिक अझै विपत्ता छन् । कार्तिक २० गते शनिबार भाइटिकाको दिन बिहान ९ बजेतिर सभाखोलामा नुहाउन जाँदा वर्ष ८ का विपन विशवकर्मा र वर्ष ९ का ऋतिक विश्वकर्मालाई बगाएको थियो ।

सोही दिन विपनको शव करिब ५ सय मिटर तल पुल मुनि फेला परेको थियो । तर घटनाको ६ दिन बित्दा समेत ऋतिक भेटिएका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

सभापोखरी १ धुपूका ऋतिक सभापोखरी ६ स्थीत मावलीमा पाहुना गएका थिए । भाईटिका लगाउनका लागि घर नजिकैको सभाखोलामा नुहाउन गएका उनीहरुलाई खोलाले बगाएको हो । भाईटिकाको साईत भईसक्दा पनि उनीहरु घर नफर्किएपछि खोलामा खोज्न जाँदा खोला किनारमा लुगा फुकालिएको मात्र भेटिएको स्थानीयले बताएका थिए । त्यसपछि खोलाले बगाएको आशंका गरि प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित समाचार