ब्रेकबार्ज ब्याटलको फाइनलमा डिम्रिती



काठमाडौं । नेपालको पहिलो र्‍याप ब्याटल रियालिटी शो डाइनामाइट ब्रेकबार्ज ब्याटलको फाइनलमा डिम्रिती प्रवेश गरेकी छन्। तेस्रो राउण्डको बिजेता बन्दै उनी पहिलो फाइनलिस्ट बनेकी हुन्।

मंगलबार भएको तेस्रो राउण्डमा उनले कुशसँग ब्याटल गरेकी थिइन्। डिम्रिती ब्याटलकी एकमात्र महिला प्रतिस्पर्धि हुन्। यसअघि उनले पहिलो राउण्डमा फिनिक्स र दोस्रो राउण्डमा येनजेनलाई हराउँदै तेस्रो राउण्डमा प्रवेश गरेकी थिइन्।

डिम्रितीसँग पराजित भएका कुशले पहिलो राउण्डमा विवेक र दोस्रो राउण्डमा विकीलाई हराउँदै तेस्रो राउण्ड अर्थात सेमिफाइनलमा प्रवेश गरेका थिए।

अर्को सेमिफाइनलमा स्वप्निल र रेक्सले प्रतिस्पर्धा गर्दैछन्। उक्त ब्याटलको विजेताले फाइनलमा डिम्रितीसँग प्रतिस्पर्धा गर्नेछन्।

गएको दुई महिनादेखि जारी प्रतियोगितामा देश विभिन्न ठाउँबाट उत्कृष्ट १६ जना र्‍यापरहरूले भाग लिएका थिए।

सम्बन्धित समाचार