एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

बैठक मध्यान्ह १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार बैठकमा पार्टीको महाधिवेशन व्यवस्थापनको बिषयमा थप छलफल हुनेछ।

महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वको सरगर्मी बढेको छ। एमालेको अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षको आकांक्षी छन्।

एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ। यसअघिको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ।

एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ। एमालेले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ।

सम्बन्धित समाचार