सभाखोलाले बगाउदा एक जनाको मृत्य, एक बेपत्ता



खाँदबारी । सभापोखरी गाउँपालिका ६ बाह्रविसेमा दुई जना बालकहरुलाई सभाखोलाले बगाउदा एक जनाको मृत्यू भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । भाईटिकाको दिन विहान ९ बजे बर्ष ८ का बिपन विश्वकर्मा र बर्ष ९ का ऋतिक विश्वकामालाई खोलाले बगाएको हो ।

बाह्रविसे बजार नजिकैको सभाखोलामा पौडि खेल्न गएका उनीहरु मध्ये विपनको शव करि ५ सय मिटर तल खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ऋतिक अझै विपत्ता छन् । बिपनको शव पोष्ट मार्टमको लागि खाँदबारी अस्पताल ल्याईएको छ ।

सभापोखरी १ का ऋतिक सभापोखरी ६ स्थीत मावलीमा पाहुना गएका थिए । भाईटिका लगाउनका लागि घर नजिकैको सभाखोलामा नुहाउन गएका उनीहरुलाई खोलाले बगाएको हो । भाईटिकाको साईत भईसक्दा पनि उनीहरु घर नफर्किएपछि खोलामा खोज्न जाँदा खोला किनारमा लुगा फुकालिएको मात्र भेटिएको स्थानीयले बताएका थिए । त्यसपछि खोलाले बगाएको आशंका गरि प्रहरीलाई खबर गरेका थिए ।

ऋतिकको पनि खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार