दिङ्लाः खुल्ला फुटबल प्रतियोगिताको फाईनलमा ठाकुरपाल र षडानन्द ५ भिड्दै



दिङ्ला । षडानन्द नगरपालिका ६ वडा खेलकुद विकास समितिले सञ्चालन गरेको खुल्ला फुटबल प्रतियोगितामा ठाकुरपाल स्मृति क्लव र षडानन्द नगरपालिका ५ फाईनलमा भिड्ने भएका छन् । विहिबार साल्मा स्थीत घ्याम्पे रंगशालामा भएको सेमिफाईनल खेलबाट उक्त टिमहरु फाईनलमा पुगेको हो ।

ठाकुरपालले दिङ्ला फुटबल क्लवलाई १-० गोल अन्तरले हराउदै फाईनलमा प्रवेश गरेको हो । त्यस्तै, षडानन्द ५ ले आँपटारी फुटबल क्लवलाई २-० गोल अन्तरले हराउदै फाईनलमा प्रवेश गरेको हो । फाईनल प्रतियोगिता विहिबार दिउँसो खेलाईदैछ ।

खेलकुद सञ्चालनको लागि वडा खेलकुद विकास समितिले १ लाख रुपैयाँ विनियोजन गरेको छ भने विभिन्न दाताहरुले पनि सहयोग गरेका छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमि फाईनल खेल्ने दुई टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्तिक १४ गतेबाट सुरु भएको खेलमा २४ टिमको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार