आज सतिघाटमा शुभदिपावली डिजे साँझ हुँदै



संखुवासभा । संखुवासभा र भोजपुरको संगम स्थलमा रहेको धार्मिक तथा पर्यटकीय स्थल सतिघाटमा आज शुभ दिपावली डिजे साँझ २०७८ हुने भएको छ । बुधबार मकालु हिमालयन एग्रो टुरिजम रिसोर्टको परिसरमा साँँझ हुने भएको हो ।

संखुवासभा मल्टिमिडियाको आयोजना तथा मकालु हिमालयन एग्रो टुरिजम रिसोर्टको प्रायोजनमा कार्यक्रम हुने भएको छ । राष्टिय ख्याती प्राप्त डिजे जोश्ल्यान राई, सर्जक सुवेदी र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कोरोना भाइरस कोभिड १९का कारण मनोरञ्जनात्मक क्रियाकलाप विगत २ वर्ष देखि स्थगित भएकाले यो वर्ष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमबाट आन्तरिक पर्यटन प्रबर्दनमा टेवा पुग्ने आयोजकले विश्वास गरेको छ ।

 

सम्बन्धित समाचार