जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु



जाजरकोट । जाजरकोटको नलगाडमा गए राति ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मत्यु भएको छ ।

नलगाड नगरपालिका–५ कालीमाटी बजारदेखि सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर नलगाड–५ पोखरागाउँ नजिकै मंगलवार राति झुल्के डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा नलगाड नगरपालिका–५ पारीगाउँका ६० वर्षीय दलबहादुर खत्री, उनका छोरा ३२ वर्षीय सुरेश खत्री र चालक नलगाड–७ दल्लीका २५ वर्षीय चंखलाल बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट करिब ५ सय मिटरको तल तीन जनाको लाश फेला परेको प्रहरी नायव डीएसपी मधुकुमार थापाले बताए ।

दुर्घटनामा ट्याक्टरका सहचालक नलगाड–७ वगाराका १७ विनोद परियार गम्भीर घाइते भएको र निजलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याएर उपचार थालिएको डिएसपी थापाले बताए ।

सम्बन्धित समाचार