संखुवासभा आएर अर्थमन्त्री शर्माले भने : अहिलेको सरकार पुर्णकाल टिक्छ



संखुवासभा । अहिलेको सरकार पुरा समय टिक्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार पार्टी प्रशिक्षणका लागि संखुवासभा पुगेका मन्त्री शर्माले गठबन्धनमा बनेको अहिलेको सरकार पुरा समय टिक्ने बताएका हुन् । पत्रकारसँग बोल्दै शर्माले अहिलेको सरकार संवैधानिक ढंगबाट बनेकोले जनताको काम गर्न प्रतिगमनकारीहरुले संसद भंग गरेको अवस्थामा संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गर्न संघर्षबाट पैदा भएको सरकार भएकाले यो सरकार लामो समयसम्म टिक्ने प्रतिक्रिया दिए ।

प्रतिगमनकारीहरुले पटकपटक संसद विघटन गरेर देशलाई दुर्घटनामा पु¥याउन लागेको बेला अहिलेको सरकार आएको उनले बताए ।
पार्टीका कार्यकर्ता प्रशिक्षणका क्रममा खाँदबारी पुगेका शर्माले जिल्लाका राजनैतिकदलका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरुसँग भेट गर्नेछन् । जिल्लाका औपचारिक कार्यक्रमहरु सकाएर उनी भोली बुधबार काठमान्डौ फर्किनेछन् ।

सम्बन्धित समाचार