पाँचखपन नागीडाँडामा खेलकुद र साँगीतिक प्रतियोगीता हुने



पाँचखपन। संखुवासभाको पाँचखपन नगरपालिकाको नागीडाँडामा खेलकुद र साँगीतिक प्रतियोगीता हुने भएको छ । तेस्रो नागेश्वरी रनिङ कप खुल्ला पुरुष फुटबल साथमा एकल नृत्य र गायन प्रतियोगिता हुने भएको हो ।

हरिबोधनी एकादशीको पावन अबसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजककाबल बहादुर पोर्तेलले जानकारी दिए । युबा खेलकुद र पर्यटन बिकासको लागि कार्यक्रमको आयोजना गरिएको उनले बताए । आगामी कार्तिक २५ गतेदेखि २९ गतेसम्म कार्यक्रमको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार