अर्थमन्त्री जनार्दन शर्मा आज संखुवासभा आउँदै



नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) आज संखुवासभा आउने भएका छन् । अर्थमन्त्री तथा स्थायी कमिटी सदस्य शर्मा बुद्ध एयर मार्फत मंगलबार बिहान १० बजे विमानस्थलमा अवतरण गर्ने नेकपा माओवादी केन्द्र संखुवासभाका इन्चार्ज राजेन्द्र कार्की (नविन) ले जानकारी दिए ।

अर्थमन्त्री समेत रहेका भएका शर्मा नेकपा माओवादी केन्द्रले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार संखुवासभा आउने भएका हुन् ।

अर्थमन्त्री शर्मा जिल्लामा विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । माओवादी केन्द्रका इन्चार्ज कार्कीका अनुसार १६ गते बिहान १० बजे विमानस्थलमा स्वागत, साढे १० बजे देखि साढे ११ बजेसम्म खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा रहने छन् । विद्यालयको अनुगमन प्रश्चात शर्मा जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुन सदरमुकाम खाँदबारी प्रस्थान गर्ने इन्चार्ज कार्कीले बताए । जिल्लामा रहदाँ अर्थमन्त्री शर्माले कार्यालय प्रमुख, राजनैतिक दल, जनतिनिधि, उद्योग ब्यवसायी लगायत सँग भेटघाट गर्ने बताइएको छ ।

सम्बन्धित समाचार