भाइटीकाको साइत ११ बजेर २ मिनेटमा



काठमाडौं । भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

 

सम्बन्धित समाचार