कांग्रेस संखुवासभा : जिल्ला कार्यसमिति कोषाध्यक्षमा कटुवाल सहित ६ मनोनित



संखुवासभा । नेपाली कांग्रेस संखुवासभाको पहिलो पुर्ण बैठकले कोषध्यक्ष र ५ जना जिल्ला कार्यलसमिति सदस्यहरु मनोनित गरेको छ । पहिलो पुर्ण बैठकले जिल्ला अधिवेसनबाट निर्वाचित जिल्ला कार्यसमिति सदस्य इश्वरकाजी कटुवाललाई जिल्ला कोषाध्यक्षमा नियुक्ति गरेको सभापति दिपक खड्काले बताए ।

शनिबारबाट बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको जिल्ला अधिवेशनका क्रममा विभिन्न पदमा पराजित भएकाहरुलाई समेत जिल्ला कार्यसमितिमा मनोनित गरेको छ । प्राविधिक रुपले छुट्न गएका तर पार्टी संगठनलाई आवश्यक साथै लामो समयदेखि कांग्रेसमा रहेर पार्टी संगठन विस्तारमा क्रियाशिल रहेका व्यक्तिलाई जिल्ला कार्यसमितिको सदस्यमा पहिलो बैठकबाट मनोनित गरेको हो । सभापति खड्काले अधिवेशनमा आफैसँग प्रतिस्पर्धा गरी सभापति पदमा पराजित पुराना काँग्रेसी नेता राइबहादुर राईलाई समेत जिल्ला सदस्य पदमा मनोनित गरेका छन् ।

कांग्रेसले जिल्लाका विभिन्न भातृ संगठन, जनप्रतिनिधी संग छलफल समेत गरेको छ । कांग्रेस निकट कर्मचारीलाई सुशासन, विधिको शासन र सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न सभापति खड्काले आग्रह गरेका थिए । नेपाल निजामती कर्मचारी युनियनका नेतृत्वसँगको छलफलमा कर्मचारीलाई कुनैपनि प्रशासक, प्रमुखको डर धम्कीबाट विचलित नभई राष्ट्रसेवामा दत्तचित्त भएर लाग्न सबैलाई सभापति खड्काले आग्रह गरेको बताइएको छ ।

छलफलका क्रममा सभापति खड्काले जिल्ला भित्रको आयोजना सम्पन्न गर्दा स्रोत साधन प्रयोग गरेवापत २५ प्रतिशत लाभांश संखुवासभाले पाउनुपर्ने माग अघि सार्ने बताएको कांग्रेसले जनाएको छ । जिल्लाभित्र सञ्चालनमा रहेका ठूला तथा साना आयोजनाहरु बाट प्राप्त हुने लाभांश नियमितरूपमा जिल्लाले पाउनुपर्ने बारे बैठकमा सभापतिले धारण राखेका थिए । सबै खाले आयोजना तीव्र गतिमा अघि बढाएर सम्पन्न गर्नका लागि सम्बन्धित आयोजनालाई दवाव दिने सभापति खड्काको धारणा रहेको छ । कार्यसमिति वैठकले सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी संगठन सुढृढ एवं मजबुद बनाउनका लागि जिल्लाभित्रका सम्पूर्ण स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार