रुद्राक्षमा प्रयोग गरिने अवैध औषधी सहित तुम्लिङटारबाट दुई चिनीयाँ पक्राउ



संखुवासभा । संखुवासभाको तुम्लिङटारबाट रुद्राक्षमा प्रयोग गरिने अवैध औषधीसहित दुई जना चिनीयाँ नागरिक पक्राउ परेका छन् । खाँदबारी नगरपालिका ९ तुम्लिङटार स्थित बुद्ध होटलबाट शुक्रबार उनीहरुलाई अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिचुवान प्रान्तका यू छिनग्लिन र सान्दोङ रहेका छन् ।

उनीहरुले अवैध रुपमा भन्सार राजश्व छली कृषि बालीमा प्रयोग हुने औषधी पीबीओजी ल्याएका थिए । उक्त औषधी नेपालमा रुद्राक्षमा प्रयोग गरिदै आएको छ । उनीहरुको साथबाट ३६ बोरामा रहेको १ सय ८ काटुन (३ हजार २ सय ३५ प्याकेट) गरी करिब ८ सय केजी औषधी समेत बरामत गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीको लागी बरामद गरिएको औषधी सहित कारबाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको संखुवासभा प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित समाचार