सङ्खुवासभामा एमालेको पालिका अधिवेशन सम्पन्न



संखुवासभा । चैनपुर नगरपालिकामा मात्र बाँकी रहेको नेकपा एमाले सङ्खुवासभा पालिका अधिवेशन शनिवार सम्पन्न भएको छ । चैनपुरमा मङ्गलबारनै अधिवेशनसुरु भए पनि मुख्य पदमा आकंक्षि धेरै भएकाले सहमति जुट्न सकेको थिएन । सहमती जुट्न नसके निर्वाचनमा जाने भनिएकोमा शनिवार सहमतिमै नेतृत्व टुङगो लगाइएको हो । सर्वसम्मतबाट नगरकमिटि अध्यक्षमा आशिष शाक्य, सचिवमा चन्द्रमण्ी दाहाल, उपसचिव दिपा शर्मा, अर्जुन अधिकारी चयन हुनुभएको एमाले प्रचार विभाग प्रमुख बिनोद सुब्बा गुरुङले जानकारी दिए ।

एमाले प्रचार विभाग प्रमुख गुरुङका अनुसार खाँदबारी नगरकमिटि अध्यक्षमा देबेन्द्र घिमिरे, उपाध्यक्षमा जेविन राई, सचिवमा झलक बुढाथोकी, उपसचिवमा सरोज श्रेष्ठ र शान्ता थापा चयन भएका छन् । त्यसै गरी पाँचखपन नगरकमिटिको अध्यक्षमा गोपाल कुमार श्रेष्ठ, उपाध्यक्षमा गायत्री प्रसाद दाहाल, सचिवमा राजन खड्का, उपसचिवमा सुवास मोक्तान र रिषि प्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै चिचिला गाउँ कमिटि अध्यक्षमा लोकबहादुर घले, उपाध्यक्षमा उमा गुरुङ, सचिव राजकुमार राई, उपसचिव अनिष गुरुङ र जयबहादुर गुरुङ चयन भएका छन्। मकालु गाउँपालिकाको अध्यक्षमा ताराकुमार गुरुङ, उपाध्यक्ष डिल्ली राई, सचिवमा बसन्त कुमार मेघि गुरुङ, सहसचिवहरु सुवास पोख्रेल र देशन राई सर्वसम्मत चयन भएको नेकपा एमाले सङ्र्खुवासभाले जनाएको छ ।

त्यस्तै धर्मदेवि नगरकमिटि अध्यक्षमा सुर्य पौडेल, सचिवमा चन्द्रकुमार पौडेल, उपाध्यक्षमा कबिता श्रेष्ठ, उपसचिवमा सोमकुमारी राया र टिकाराम दाहाल चयनभएका छन् । सिलीचोङ गाउँ कमिटिको अध्यक्षमा मेनुका राई, सचिवमा जितेन्द्र राई, उपसचिवमा कमल कार्की र सोमेन्द्र राई चयन भएका छन् । त्यसैरेर मादी नगरकमिटिको अध्यक्ष्यमा जीवन लिङ्थेप, उपाध्यक्षमा रामभक्त दाहाल, सचिवमा गिरिराज भण्डारी, सहसचिवमा खड्ग दर्जी र टंक प्रसाद दाहाल चयन भएका छन् ।

त्यस्तै बुधबार भएको भोटखोला गाउँपालिकाको अधिवेशनमा गाउँकमिटि अध्यक्ष किङ्साङ् भोटे, उपाध्यक्षमा चेटुक भोटे, सचिवमा लाक्पा इच्छाक भोटे उपसचिवमा देउमान राई, जिप्पा शेर्पा चयन भएका छन् । त्यस्तै सभापोखरी गाउँकमिटिको अध्यक्षमा तिर्थ भट्टराई, उपाध्यक्षमा सुमन श्रेष्ठ, उपसचिवमा हिमाली राई, र सचिवमा राजकुमार राई चयन हुनुभएको एमाले जिल्ला पार्टि कार्यालय सचिव नारायण कटुवालले जानकारी दिए ।

सम्बन्धित समाचार