विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो



काठमाडौं । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ७ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख ३ हजार ८ सय ५२ पुगेको छ ।

गत २४ घन्टाम सबैभन्दा धेरै अमेरिकामा १ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ । यस्तै रुसमा १ हजार १ सय ६३ जनाको मृत्यु भएको छ भने युक्रेनमा ६ सय ४८, भारतमा ५ सय ५२, रोमानियामा ४ सय ८०, ब्राजिलमा ३ सय ७९ जनाको मृत्यु कोरोनाका कारण भएको छ । यस्तै गत २४ घन्टामा विश्वभर ४ लाख ६७ हजार ९ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३ लाख ६८ हजार ३ सय ७ जना स्वस्थ भएका छन् ।

सम्बन्धित समाचार