राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरी आज नेपाल फर्कदै



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिबार बेलुकी नेपाल आउँदैछन्। अल्मुताइरीले आफू शनिबार नेपाल आउने सामाजिक संञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। उनी कतार एयरको जहाजबाट शनिबार बेलुकी नेपाल आइपुग्ने छन्।

अलमुतारीले आगामी तीन वर्षसम्म नेपालमै बस्ने भएका छन्। कुवेतका फुटबल म्यानेजर अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। प्रो–लाइसेन्स प्राप्त अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए। उनले अखिल नेपाल फुटबल संघ ९एन्फा० सँग थप दुई वर्षका लागि सम्झौता नवीकरण गरेका छन्।

सम्बन्धित समाचार