मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर डोटीमा एक महिलाको ज्यान गयो



डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका ९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो । त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् ।

घाइते साउदको राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार