सुदूरपश्चिमका ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन



धनगढी उपमहानगरपालिका १० का वडा कमिटीमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य नारदमुनि राना

१३ कात्तिक, धनगढी । नेकपा (एमाले)ले शनिबारसम्म सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ । ८८ स्थानीयतहमा ७३४ वडा रहेकोमा बझाङबाहेकका ८ जिल्लाका ६४० वडामध्ये ५२२ वडामा अधिवेशन सम्पन्न भएर सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए ।

बझाङबाहेक प्रदेशका ६ पहाडी जिल्लाका प्रायस् वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने बाँकी रहेका वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उनी बताउँछन् ।

सम्बन्धित समाचार