बेसिन्दा पहिरो पिडितलाई कांग्रेस संखुवासभाद्धारा राहत वितरण



संखुवासभा । बेसिन्दा पहिरो पिडितलाई नेपाली कांग्रेस प्राकृतिक विपद कोष संखुवासभाको आयोजनामा राहत उपलब्ध गराइएको छ । २०७७ असार २७ गते राती सिलिचोङ गाउँपालिका १ सिसुवाखोला १ बेसिन्दा, चेप्चेवा लगायतका स्थानहरुमा बाढिपहिरोका कारण १३ जनाले ज्यान गुमाएका थिए । कांग्रेसले बिहिबार पीडितहरुलाई राहत रकम उपलबध गराएको हो । पहिरोमा परि मृतकका १० घर परिवारलाई जनही १३ हजार ६ सय र पहिरोबाट विस्थापित ९८ घरपरिवारलाई जनही ७ हजार रुपैंया रकम उपलब्ध गराएको हो । ।

यस्तै तिवाटारका ४ घरपरिवारलाई नगद ३ हजार रुपैंया वितरण गरिएको नेपाली कांग्रेस सिलिचोङ गाउँपालिका सभापति भुपालराज मेवाहाङले इमकालुलाई जानकारी दिए । पिडित परिवारलाई नगद ८ लाख ३४ हजार रुपैंया वितरण गरिएको मेवाहाङले बताए । कांंग्रेसले यसअघि विद्युतिय सामाग्री तथा त्रिपाल वितरण गरेको थियो ।

नेपाली कांग्रेस शिलिचोङको व्यवस्थापनमा सिसुवाखोला पहिरो पिडित परिवारका लागि राहत संकलन गरेको थियो ।

सम्बन्धित समाचार