एमालेको १० औँ महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने



काठमाण्डौ । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय ३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहीवार बसेको स्थायी कमिटी बैठकले एक हजार पाँच सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।

यो निर्णयलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराउने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार भूगोल कमिटीबाट एक हजार एक सय ९६ जना प्रतिनिधि छानिने छन् ।

बाँकी गैर–भूगोलबाट तीन सय ४० जना प्रतिनिधि छानिने छन् । एमालेको दशौँ महाधिवेशन आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

सम्बन्धित समाचार