मध्य भोटेकोशीको आइपीओ आज बाँडफाँट हुने



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ। आइपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४ दशमलव १९ गुणा बढी हो।

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।

सम्बन्धित समाचार