म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै



काठमाण्डौ । म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै गएको छ । कयौँ ठाउँमा प्रदर्शनहरु भएका छन् भने कतिपय ठाउँमा बम विस्फोटका घटनाहरु भएका छन् ।

हिजो मात्रै प्रहरी कार्यालय आसपासका पाँच ठाउँमा बम विस्फोट भएको बीबीसीले जनाएको छ ।

अपर बर्मा बताउने एक समूहले बम विस्फोटको जिम्मा लिएको छ । बम विस्फोटको घटनामा संलग्न भएका केहीलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त राष्ट्र सङ्घले र अन्य पर्यवेक्षकहरुले बढ्दै गएको अशान्तिले म्यानमारमा गृह युद्ध हुन सक्ने भन्दै चेतावनी दिएको छ ।

गएको फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शनहरू हुँदै आएका छन् ।

सम्बन्धित समाचार