संखुवासभाका १० मध्‍ये ७ पालिकामा एमालेको सर्वसम्‍मत नेतृत्व चयन



संखुवासभामा । संखुवासभामा नेकपा एमालेको पालिका अधिवेशन सम्पन्‍न भएको छ । मंगलवार सभापोखरी र चैनपुर नगरपालिका बाहेक अन्य पालिकामा अधिवेशन सम्पन्न भएको प्रचार विभागका प्रमुख बिनोद सुब्बा गुरुङले बताए ।

खाँदबारी नगरपालिकामा देबेन्द्र घिमिरे अध्यक्ष रहेको नयाँ कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा जेबिंन राई सर्वसम्मत चयन भएको छ । मादी नगरपालिकाको अध्यक्षमा जिबन लिंङथेप चयन भएका छन् । धर्मदेबिमा सुर्य पौडेल सर्वसम्मत चयन भएको उनले बताए।

पाँचखपन नगरपालिकामा गोपाल श्रेष्ठ अध्यक्ष चयन भएको हो । त्यस्तै सिलिचोङमा मेनुका राई, मकालुमा तारा कुमार गुरुङ, चिचिलामा लोक बहादुर घले सर्वसम्मत चयन भएको प्रचार विभागका प्रमुख गुरुङले बताए । भोटखोला गाउपालिकामा निर्बाचन चलिरहेको छ । भने सभापोखरी गाउपालिका र चैनपुर नगरपालिकामा सर्बसम्मत हुन नसकेपछि शनिबार निर्बाचन हुने जनाइएको छ ।

सम्बन्धित समाचार