खाँदबारी नगरपालिकाद्धारा म्याद गुज्रिएका सामाग्री नष्ट



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाले म्याद गुज्रिएका सामाग्री नष्ट गरेको छ । नगरपालिका, प्रहरी, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधिको उपस्थितिमा बुधबार नगरपालिकाको परिषरमा सामाग्री नष्ट गरेको हो ।

गत असोज २२, २३ र २४ गते खाँदबारी नगरपालिकाको पहलमा दशैं बजारलाई मध्यनजर गर्दै बजार अनुगमन गरेको थियो । खाँदबारी, मानेभञ्ज्याङ र तुम्लिङटारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका सामाग्रीहरु जफत गरेको थियो ।

विभिन्न खाद्यवस्तुहरु र पेय पदार्थहरु अनुगमनको क्रममा म्याद गुज्रिएको पाइएको थियो । सो सामाग्रीलाई आज नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार