भोजपुरमा खुल्ला पूरुष फुटबल प्रतियोगिता हुने



भोजपुर । भोजपुरमा खुल्ला पूरुष फुटबल प्रतियोगिता हुने भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ६ खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । शुभदिपाली २०७८ सालको पावन अवसरमा हुने प्रतियोगिता कार्तिक १४ गते देखि हुने भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयले क्रमशः नगद रु ५० हजार, ३० हजार, २० हजार साथमा मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको प्रथम पुरस्कार षडानन्द नगरपालिका वडा नं. ५ का हाल अमेरिका निवासी नगेश भट्ट, द्धितिय षडानन्द नगरपालिका ६ का हाल अष्ट्रेलिया निवासी उमेश वस्नेत र तृतीय पुरस्कार षडानन्द नगरपालिका ६ हाल जापान निवासी युगल बोगटीले सौजन्य गरेका छन् ।

विभिन्न समस्याको कारणले खेलकुद गतिविधी नभई रहेको समयमा खेलकुदलाई चुस्तदुरुस्त राख्न खेलको आयोजना गरिएको षडानन्द नगरपालिका वडा नं.६ का वडाध्यक्ष सुजन राईले बताए ।

सम्बन्धित समाचार