आजको मौसम : केही स्थानमा हल्का वर्षा‚ केही ठाउँमा हिमपातको सम्भावना



काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम र यात्रा तथा घुमफिर गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

मंगलबार बिहान देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ। दिउँसो देशको पनि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै‚ उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार