आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै



काठमाण्डौ । हिजो भिटामिन ए क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ।

पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

देशभरका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख ६० हजारभन्दा धेरैलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।

सम्बन्धित समाचार