इङ्ग्लिस प्रिमियर लिग : लिभरपुलसँग म्यानचेस्टर युनाइटेड ५–० ले पराजित



काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि ५–० गोल अन्तरको सानदार जित निकालेको हो ।

युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे । नेबी केइटा र डिएगो जोटाले एकरएक गोल गरे । खेलको पाँचौँ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

अर्को खेलमा टोटेनह्याम वेस्ट ह्यामसँग १–० गोल अन्तरले पराजित भएको छ । वेस्ट ह्यामको जितमा माइकल एन्टोनियोले निर्णायक गोल गरेका हुन् ।

सम्बन्धित समाचार